झापा । प्रदेश १ कि एक मात्र प्रतियोगीती झापा बुद्धशान्ति–४ की दिलमाया लिम्बु रियो छमछमी नृत्य प्रतियोगीताको टप ७ मा छनौट भएकी छिन् । प्रदेश एकबाट एकमात्र प्रतियोगिको रुपमा उनी टप ८ बाट टप ७ मा आएकी छिन् ।

गत कार्यक्रममा बटम थ्री मा परेकी लिम्बुले यस पटक भने सबैमा भोट गर्न अपिल गरेकी छिन् । दिलमाया जिताउँ अभियानकर्ता मित्र साँवा लिम्बुले दिलमाया प्रदेशकै गहना भएर प्रदेश १ बाट प्रतिनिधित्व गरेकाले सम्पुर्ण प्रदेशबासी तथा सम्पुर्ण नेपलाीहरुले भोट गरेर जिताउन आग्रह गरेका छन् । । भदौ २८ गते शनिबार राति १० बजेबाट भोटिङ लाईन खुल्ला गरिएको र असोज २ गते बिहीबार दिउँसो १२ बजेसम्म भोटिङ गर्न सकिने प्रतिस्पर्धी लिम्बुले बताएकी छिन् ।

उनलाई भोट गर्नका लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गई सीसी टाइप गरी एक स्पेश छोडेर ०३ लेखि ३१००९ मा पठाउन सोरठी कला केन्द्रका संचालक तथा दिलमायाका दाजु ज्ञानु सुब्बाले सम्पुर्ण नेपाली माझ अनुरोध गरेका छन् । बुबा स्व. काजीमान लिम्बु र आमा सुभद्र लिम्बुकी छोरी मनिषा सानै उमेरदेखि नृत्यमा रुची राख्थिन् ।

झापा नृत्य कलाकार संघको क्षेत्रीय कोषाध्यक्षसमेत रहेकी लिम्बु सोरठी कला केन्द्रकी नृत्यकार समेत हुन् ।