न्युर्योक । हलिउड अभिनेत्री डेमी मूरले १५ वर्षको हुँदा बलात्कार भएको बताएकी छिन्। गुड मर्निङ अमेरिकासँग कुराकानी गर्दै उनले १५ वर्षको हुँदा एक व्यक्तिले उनको आमालाई पाँच सय अमेरिकी डलर तिरेको भनेर बलात्कार गरेको बताइन्।

प्रस्तोता डायना सवेरसँग आफ्नो नयाँ पुस्तक ‘इन्साइड आउट’ को बारे कुराकानी गर्दै उनले भनिन्, ‘सो व्यक्तिले बलात्कार गरेपछि मेरी आमाले मलाई उनीसँग बेचिदिएको बताएका थिए।’

‘इन्साइड आउट’ पुस्तकमा अभिनेत्री मूरको जीवनमा आएका उताढचढावलाई समेटिएको छ। पुस्तकमा उनले उल्लेख गरेकी छिन्, ‘त्यो बलात्कार थियो। र, एक विश्वासघाती पुरुषलाई निर्मम प्रश्न गर्छु, ‘तपाईको आत्माले पाँच सय अमेरिकी डलरका लागि तपाईको आमालाई वेश्या भएको महसुस गर्नसक्नुहुन्छ ?’ अभिनेत्री मूरकी आमा माद्यक पदार्थको लतमा फसेकी थिइन्, जसले उनलाई किशोरावस्थामा विभिन्न रेस्टुरेन्ट र बारमा लाने हुँदा पुरुषहरूले घुरेर हेर्ने गर्दथे। सन् १९९८ मा उनकी आमाको निधन भएको थियो।

‘के तपाई पुरुषलाई विश्वास गर्नुहुन्छ’ भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई लाग्छ, मैले मनबाट उनीहरूलाई विश्वास गर्दिन्। मलाई लाग्दैन कि यो एक सिधा लेनदेन थियो। तर, उनले मलाई हानी गर्ने तरिकाले सो व्यक्तिलाई पहुँच दिएकी थिइन्।’

सन् १९९० को दशककी सफल अभिनेत्रीको सूचीमा पर्ने अभिनेत्री मूरले ‘गोस्ट’, ‘अ फि गुड म्यान’ र ‘इन्डिसेन्ट प्रपोजल’ जस्ता फिल्ममा निवार्ह गरेको भूमिकालाई धन्यवाद दिएकी छिन्। उनले सो पुस्तक आमा, पूर्वपति र तीन छोरीहरूप्रति समर्पित गरेकी छिन्।

‘म १२ वर्षको हुँदा पहिलो पटक आत्महत्याको प्रयास गरिरहेकी मेरी आमालाई बचाएकी थिएँ। आत्महत्याको प्रयास गरेकी मेरो आमाले निलेको औषधि उनको मुखमा हात हालेर निकालेको थिएँ’, पुस्तकमा उनले उल्लेख गरेकी छिन्।

पुस्तकमा उनले जीनवमा गरेको संघर्ष, कुलतको लत र सुधार गृहमा बस्दाका तीतो अनुभव समेटेकी छिन्। गुड मर्निङ अमेरिकासँग कुराकानी गर्दै उनले सन् २०१२ पछिको जीवन परिवर्तनको अनुभव बताएकी थिइन्। ‘सन् २०१२ जब एस्टन कुट्चरसँग बिहे भयो छोरीहरूले कुराकानी गर्न बन्द गरिदिए। मेरो तौल १०२ पाउन्ड भएको थियो। पाटीमा ड्रक्स धेरै खाएका कारण अस्पताल भर्ना भएको थिएँ’, उनले स्मरण गरिन्, ‘म कसरी यहाँसम्म आइपुगें ? मैले आफूलाई अन्धो बनाएर आफैलाई गुमाएँ।’