झापा । नेपाल टेलिभिजनबाट प्रसारित रियो छमछमी ४ मा १ नम्बर प्रदेशकै प्रतिनिधित्व गरिरहेकी झापा बुद्धशान्तिकी दिलमाया लिम्बू (मनिषा) उत्कृष्ट ६ मा पर्न सफल भएकी छन् । अघिल्लो चरण प्रवेशका लागि उनलाई अहिले व्यक्तिगत पर्फमेन्ससँगै भोटको आवश्यकता छ ।

फाइनल राउण्डमा पुग्नका लागि अब एक चरण बाँकी रहेकाले उनले सबैसँग भोटको अपिल गरेकी छन् । २२ वर्षीय उनले १ नम्बर प्रदेशकै प्रतिनिधित्व गरेकीले पनि आवश्यक भोटका लागि अपिल गरेको बताएकी छन् । बुद्धशान्ति स्थायी घर भएकी उनी हाल बिर्तामोडमा बसेर सोरठी कला केन्द्र सञ्चालन सञ्चालन गर्दै आएकी छन् ।

झापा जिल्ला नृत्य कलाकार संघको सदस्य तथा बिर्तामोड नृत्य कलाकार संघका कोषाध्यक्षसमेत रहेकी दिलमाया सानै उमेरबाट नृत्यमा अब्बल रहेको उनका आफन्तले बताएका छन् ।

नृत्य निर्देशक तथा दिलमाया जिताउ अभियानका संयोजक ज्ञानु सुब्बाबाट औपचारिकरुपमा नृत्यको प्रशिक्षण लिएकी दिलमायालाई छमछमी ४ को बिजेता बनाउन नृत्य निर्देशक तथा झापा जिल्ला नृत्य कलाकार संघका महासचिब राज सुब्बा लावती, संघका सल्लाहकार सुबास लिम्बु, उपाध्यक्ष राज शर्मासहित झापाका अग्रज नृत्य निर्देशकहरु तथा सम्पर्ण नृत्यकारहरुले दिलमाया जिताउ अभियान सुरु गरेका छन् ।

प्रदेशका सम्पुर्ण नृत्य केन्द्र, नृत्य कलाकार तथा नृत्य प्रेमी महानुभावहरुलाई दिलमाया अब फाइनल पुर्याउन एक राउण्डमात्र बाँकी रहेकाले अत्यधिक भोटको आवश्यकता रहेकाले भोटको अपिल गरिएको छ । उनलाई भोट गर्न सीसी स्पेस ०३ टाइप गरी ३१००९ मा म्यासेज पठाउन सकिनेछ ।