झापा । नेपाल टेलिभिजनबाट प्रसारित रियो छमछमी ४ मा एक नम्बर प्रदेशकै प्रतिनिधित्व गरिरहेकी झापा बुद्धशान्तिकी दिलमाया लिम्बू फाइनलमा पुगेकि छिन् । दिलमाया उत्कृष्ट ६ बाट टप ५ अर्थात फाइनल चरणमा पुगेकी हुन् ।

दिलमायाले सिजनको उपाधि उचाल्न सबै सहयोगीहरुलाई एक भोट गरिदिन अनुरोध गरेकी छिन् । रियो छमछमीको उत्कृष्ट ५ बाट सिधै विजेताको घोषणा हुने भएकाले प्रदेश १ लगायत देश तथा परदेशमा रहनुभएका समस्त नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीलाई एक भोट गरिदिन उनले अपिल गरेकी हुन् ।

कात्तिक ९ गते हुने फाइनल राउण्डको उपाधि उचाल्न कात्तिक ८ गते रातिसम्म भोट गर्न सकिने दिलमाया जिताउ अभियानका संयोजक ज्ञानु सुब्बाले बताए ।

बुद्धशान्ति स्थायी घर भएकी उनी हाल बिर्तामोडमा बसेर सोरठी कला केन्द्र सञ्चालन गर्दै आएकी छन् । झापा जिल्ला नृत्य कलाकार संघको सदस्य तथा बिर्तामोड नृत्य कलाकार संघका कोषाध्यक्षसमेत रहेकी दिलमाया सानै उमेरबाट नृत्यमा अब्बल रहेको उनका आफन्तले बताएका छन् । सिजन चलिरहेको बेला आफ्ना बुवा काजीमान लिम्बु गुमाउन पुगेकी दिलमायाले नृत्यप्रतिको लगाव र परिवारप्रतिको जिम्मेवारीलाई बहन गर्दै निरन्तर लागिरहेकी छिन् ।

प्रायस् समाजमा भए हुने गरेका समसामयिक विषयबस्तुलाई नृत्यमार्फत उतार्ने र सचेतना फैलाउन अब्बल रहेकी दिलमाया नृत्यबाट पनि समाजलाई सहि दिशामा डोर्याउन सकिने सन्देश दिइरहेकी छिन् ।

नृत्य निर्देशक तथा दिलमाया जिताउ अभियानका संयोजक ज्ञानु सुब्बाबाट औपचारिकरुपमा नृत्यको प्रशिक्षण लिएकी दिलमायालाई छमछमी ४ को बिजेता बनाउन नृत्यप्रेमीलाई उनले अपिल गरेकी छिन् ।

उनलाई भोट गर्न मोबाइलको मेसेज बक्समा गई CC स्पेस 03 टाइप गरी 31009 मा म्यासेज पठाउन सकिनेछ । साथै, उनलाई भोट गर्न रियो छमछमीको एप्लिकेशन डाउनलोड गरेर देश विदेशबाट पनि भोट गर्न सकिने दाजु साथै नृत्य निर्देशक ज्ञानु सुब्बाले बताए ।