झापा। विश्वकप छनोट अन्तर्गत चौंथो खेलमा नेपालले अहिले जोर्डनसँग प्रतिस्पर्धा गरिरहेको छ । जोर्डनको घरेलु मैदानमा जारी खेलमा नेपाल १-० ले पछि परेको छ । पहिलो हाफमा जोर्डनलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफको सुरुवातमै गोल खाएको छ ।


जोर्डनले खेलको ५६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता बनाएको हो । नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । जसमा जोर्डनका फेरास शेल्बाइहले गोल गरे ।