सुनसरी । इटहरीबाट लागूऔषध कारोबार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भन्डारीका अनुसार इटहरी ११ बाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

खनारको बीर मेडिलकल हलका सञ्‍चालकसहितलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भन्डारीले जानकारी दिए। मोरङको बुढीगंगा गाउँपालिका(७ का राहुल उराव र सुन्दरहरैंचा नगरपालिका-३ का सुमन मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो।

निट्राभेट ८ ट्याब्लेट, इनपाइन ३ ट्याब्लेट, स्पास्मो ३ ट्याब्लेटसहित पक्राउ गरेको थियो। पक्राउ परेकाहरूलाई सोधपुछ गर्ने क्रममा इटहरी १० मा सञ्‍चालित बीर नारायण मेडिकल हलबाट खरिद गरी ल्याएको प्रहरीले जनाएको छ।

लागुऔषध बरामद भएसँगै मेडिकल हल सञ्‍चालक इटहरी-१० का उमेश चौधरीलाईसमेत पक्राउ गरेको बताउँदै डीएसपी भन्डारीले इटहरीका अन्य मेडिकलमा पनि लागुऔषध कारोबार हुने गरेकाले आफूहरूले अनुसन्धान गरिराखेको जानकारी दिए।