तेह्रथुम । जलथल एफसी हल्दिबारी झापाले आज यहाँ आयोजित दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपमा आयोजब बिटिएफसीसँग उपाधिका लागि भिड्दैछ ।

स्थानीय म्याङलुङ खेल मैदानमा आयोजक बिटिएफसीले चर्च ब्वाइज काठमाडाैं र झापाले इटहरीलाई सेमिफाइनलमा पराजित गर्दै फाइनल भिडन्तमा आएका हुन् ।

डिफेन्डिङ च्याम्पियन माइभ्याली एफसी इलाम र उपविजेता गाइघाट एफसी उदयपुर यसअघि नै बाहिरिएपछि यस संस्करणले नयाँ टिम विजेताको रुपमा पाउने पक्का भएको छ ।

गोल्डकपको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले नगद २५ हजार पाउनेछन् भने म्यान अफ दी म्याचले नगद १० हजार पाउनेछ ।

उपाधि विजेताले नगद ३ लाख पाउँदा उपविजेताले एक लाख ५० हजार पाउनेछ ।

भगिमान तुम्बाहाम्फे स्मृति प्रतिष्ठान तेह्रथुमको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद ३ लाख पाउनेछ ।