वासिङटनडिसी । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्यहरुमा आएको भिषण आँधी र त्यसले ल्याएको हावाहुरी र भिषण वर्षाका कारण हालसम्म ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरु आलाबामा, लुइजियाना, र टेक्ससका भएका बताइएको छ ।

आँधीका कारण विद्युत प्रशारण प्रभावित हुनुका साथै, सडकमा बाढी आएको र हजरौं घरहरुमा पानी पसेको छ । जसका कारण लाखौं मानिस प्रभावित भएका जनाइएको छ ।