झापा । कलाकार विल्सन विक्रम राई अर्थात तक्मे बूढा बुबा बनेका छन् । जन्म दिनको दिन तक्मे बूढालाई सन्तान प्राप्ति भएको हो ।

विल्सनको जन्मदिनमा पत्नी सरिनाले बुधबार बिहान पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । संयोगले बुधबार विल्सनको जन्मदिन परेको थियो ।

गत फागुनमा इलामकी सरिना लामासँग सुटुक्क विवाह गरेका विल्सनले बुधबार सन्तान प्राप्त गरेपछि श्रीमतीलाई धन्यवाद दिएका छन् । उनले खुशी साट्दै फेसबुकमा तस्बीर शेयर गरेका छ।

विल्सनले तस्वीर पोस्ट गर्दै जीवनको नयाँ अध्याय सुरु भएको भन्दै पहिलो सन्तानलाई यो संसारमा स्वागत गरेका छन् ।

विल्सनलाई बधाईको ओइरो लागेको छ । अभिनेता दयाहाङ राईले फेसबुकमा लेखेका छन्, ‘यसरी हाम्रो विल्सन बाउ बने, बधाई छ भाइबुहारीलाई अनि छोरालाई स्वागत ।’