कतार । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका झापाको अर्जुनधारा नगरपालिकाभित्र बसोबास गर्ने युवाहरुको संगठन प्रवासी अर्जुनधारा सेवा समाज कतारको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

१३औँ मासिक भेलाबाट नयाँ कार्यसमितिसमेत चयन भएको छ । भेलाले गणेश दुलालको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा इन्द्र खनाल, महिला उपाध्यक्षमा सर्मिला रिजाल, महासचिवमा शिशिरबाबु पौडेल, सचिवमा टंकनाथ कोइराला, सहसचिवमा बासुदेव आचार्य, कोषाध्यक्षमा लोकेन्द्र बाँस्कोटा र सहकोषाध्यक्षमा सञ्जय बाँस्कोटा रहेका छन् ।

समितिको सदस्यमा कृण्ण चापागाईं, अजय बाँस्कोटा, सम्योग सुब्बा, दिनेश खवास, केशव चापागाईं, जीवन चापागाई, नन्दकुमार श्रेष्ठ, जगत गुरूङ, एलपी राउत र मनोज चोम्वाङ रहेका छन् ।

सोही भेलाले बरिष्ठ सल्लाहकारमा छत्र बुढाथोकी र सल्लाहकारमा नविन बुढाथोकीलाई चयन गरेको छ ।समिति संरक्षकमा श्याम कटुवाल र नेपाल समन्वय विभाग प्रमुखमा अर्जुन श्रेष्ठलाई तोकिएको अध्यक्ष दुलालले जानकारी दिए ।

समितिले कतारमा रहेका झापा अर्जुनधाराबासीलाई आवद्ध गराउनका लागि नामावली संकलन गरिरहेको जनाइएको छ ।