झापा । कोरोना भाईरस फैलनबाट रोक्नका लागि भारतमा लकडाउनको अबधि पुनः २ हप्ता बढाईएको छ ।

भारतमा ४० दिनको लकडाउन पर्सी आईतबार समाप्त हुँदैछ । भारतको केन्द्रीय गृह मन्त्रालयले आगामी जेठ ४ गतेसम्मका लागि लकडाउनको अवधि बढाएको छ । तर, थप गरिएको लकडाउनको अवधिमा पहिलाभन्दा केही खुकुलो बनाईने भएको छ। यस्तै सामाजिक दूरीको नियम भने कायमै रहने बताईएको छ ।

भारतमा कोविड–१९’ संक्रमितको संख्या ३५ हजार ४३ पुगेको जनाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १४७ पुगेको छ ।

गएको २४ घन्टायता भारतमा एक हजार ९९३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् ।

यससँगै शुक्रबारसम्म रसिया कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ । रसियामा कोरोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को मृत्यु भएको छ ।