एजेन्सी । अभिनेता सुशान्त सिंह राजपुतले आइतबार मुम्बईमा आ’त्मह’त्या गरेका छन् । सन् १९८६ जनावरी २१ मा पटनामा जन्मिएका सुशान्तले कलाकार बन्नको लागि धेरै संघर्ष गरेका थिए । उनले आफ्नो अभिनयको सुरुवता दिल्ली कलेज अफ इन्जिनेरिङको पढाईपछि थियटरमा आर्टिस्टबाट गरेका थिए ।

पहिलो कमाई २५०
सुशान्तले एक अन्तर्वार्तामा बताए अनुसार उनी कलाकारितामा प्रवेश गर्नु अगाडि ६ जनासँग सेयर गरेको कोठामा बस्थे । उनले एक प्लेको लागि २५० रुपैयाँ लिन्थे । उनले कुनै समय अभिनेता र अभिनेत्रीको पछाडि गीतमा पनि डान्स गर्ने काम गरेका थिए ।

सन् २००८ मा पहिलो टिभ शो
उनले मुम्बईमा कलाकारिताको लागि धेरै संर्घष गरेपछि सन् २००८ मा बालाजि टेलिफिल्म्सको शो ‘किस देश में है मेरा दिल’ मा काम गरेका थिए । तर, उनले आफ्नो करियरको खास सुरुवात सन् २००९ र सन् २०१२ मा आएको टेलिसिरियल ‘पवित्रा रिश्ता’ बाट गरेका थिए ।

जसबाट उनको नाम चर्चामा आएको थियो । सन् २०१३ मा उनले पहिलो फिल्म ‘काई पो छे’ मा काम गरेका थिए ।

२०१५ मा किने पेन्टहाउस

कुुनै समय मलाड क्षेत्रको 2 BHK अपार्टमेन्टमा बस्ने सुशान्तले सन् २०१५ मा पालरी हिलमा पेन्टहाउस किनेका थिए । जसको लागि उनले २० करोड खर्च गरेका थिए । उनी आफ्नो घरको लिभिङ रुमलाई ट्राभलिङ रुम भन्थे । खासमा घरको भित्तामा लगाइएको पेन्टिङदेखि एन्टिक आइटम्सम्म घरको कुना कुना सजाइएको थियो ।

घरबाटै ग्रह र ग्यालेक्सी हेर्थे

सुशान्तको घरमा एक ठूलो टेलिस्कोप छ । जसलाई उनी टाइम मिसिन भन्थे । उनले बताए अनुसार उनी अलग–अलग ग्रह र ग्यालेक्सीको घरमै बसेर हेर्ने गर्थे । उनी एक फिल्म खेलेको ५ देखि ७ करोड लिन्थे । उनले ‘एमएस धोनी’, ‘केदारनाथ’ जस्ता हिट फिल्ममा काम गरेका छन् । आमिर खानको फिलम ‘पिके’मा पनि उनले उत्कृष्ट भूमिका निभाएका छन् । फिल्म बाहेक सुशान्तको कमाईको बाटो विज्ञापन र स्टेज शो थियो ।

लग्जरी कार र बाइकको मालिक थिए सुशान्त सुशान्तको कार कलेक्सनमा मसेराटी क्वाट्रोपोट्र्रो (मुल्य १.५ करोड) जस्तो लग्जरी कार थियो । योसँगै उनीसँग बीएमडब्ल्यु K1300R बाइक पनि थियो । यस बाइकको मूल्य २५ लाख थियो ।

चन्द्रमाकाे जमिनका मालिक

सुशान्तले सन् २०१८ मा चन्द्रमामा पनि जमिन किनेका थिए । उनको यो प्लोट ‘सी अफ मसकोवी’ मा छ । अचम्मको कुरा उनले आफ्नो प्लोट हेर्नको लागि एक दूरबिन पनि किनेका थिए । उनीसँग एडभान्स 14LX00 थियो । सुशान्तले जमिन इन्टरनेशनल लुनर ल्यान्डमा पनि दर्ता गराएका थिए । सुशान्तले सन् २०१८ जुन २५ यो जग्गा आफ्नो नाममा गरेका थिए ।

यधपी योसँगै धेरै अन्तराष्ट्रिय सन्धिहरु छन् । जस अनुसार कानुनी रुपमा जमिनलाई मालिकको कुनै हक हुँदैन । किन भने यो मानव जगत भन्दा धेरै पर छ । जसमा कुनै मानवले अधिकार जमाउन सक्दैन । सुशान्त पहिलो कलाकार थिए जसले चन्द्रमामा जग्गा किनेका थिए ।