झापा । भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ८७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ९८५ पुगेको छ ।

बिहीबार विहान समाचार तयार पार्दासम्म भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४ हजार ९ सय नाघेको छ । यसैगरी २ लाख ७१ हजार ६८८ जना संक्रमित भने निको भएका छन् । संक्रमितमध्य १ लाख ८६ हजार ३९० जना उपचाररत रहेको जनाइएको छ ।

विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको छ । एजेन्सी