झापा । विश्वमा हालसम्म आठ लाख ९६ हजार बढी कोरोना भाइरस संक्रमितको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार छ सय ६६ जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ लाख ९६ हजार तीन सय ७४ पुगेको हो ।
विश्वमा हालसम्म दुई करोड ७४ लाख ७६ हजार नौ सय २० जनामा संक्रमण पुष्टि भइसकेको छ । एकैदिन एक लाख ९३ हजार आठ सय ६६ जना नयाँ संक्रमित थपिए ।
एक करोड ९५ लाख ६९ हजार नौ सय ९३ जना उपचारपछि कोरोना जित्न सफल भएका छन् । ७० लाख १० हजार पाँच सय ५३ जना उपचाररत रहेकोमा ६० हजार तीन सय ३१ जनाको अवस्था गम्भीर छ ।
अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ९३ हजार पाँच सय ११ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा दुई सय ६३ जनाले ज्यान गुमाए । हालसम्म ६४ लाख ८५ हजार चार सय २६ जनामा संक्रमण पुष्टि भइसकेको छ । एक दिनमा २५ हजार एक सय ७६ जना नयाँ बिरामी थपिए ।
३७ लाख ५७ हजार आठ सय ७४ जना उपचारपछि निको भएका छन् । २५ लाख ३४ हजार ४१ जना उपचाररत रहेकोमा १४ हजार पाँच सय ८९ जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटरले जनाएको छ ।
छिमेकी मुलुक भारतमा कोरोनाका कारण हालसम्म ७२ हजार आठ सय १६ जनाको मृत्यु भइसकेको छ । एकै दिन एक हजार एक सय २९ जनाले ज्यान गुमाए । हालसम्म ४२ लाख ७७ हजार पाँच सय ८४ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ७५ हजार २२ जना नयाँ बिरामी थपिए ।
३३ लाख २१ हजार चार सय २० जना उपचारपछि घर फर्किएका छन् । आठ लाख ८३ हजार तीन सय ४८ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।
ब्राजिलमा एक लाख २७ हजार एक जना संक्रमितको हालसम्म मृत्यु भइसकेको छ । एकै दिन तीन सय १५ जनाको ज्यान गयो । हालसम्म ब्राजिलमा ४१ लाख ४७ हजार सात सय ९४ जनामा संक्रमण देखिइसकेको छ । पछिल्लो २४ घण्टामा १० हजार एक सय ८८ जनामा संक्रमण पुष्टि भयो ।
३३ लाख ५५ हजार पाँच सय ६४ जना उपचारपछि घर फर्किएका छन् । छ लाख ६५ हजार दुई सय २९ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । एजेन्सी