झापा । विश्वमा एकै दिन कोरोना भाइरसका तीन लाख बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाभित्र तीन लाख सात हजार आठ सय २३ संक्रमित थपिएपछि विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड २३ लाख ९४ हजार छ सय ९१ पुगेको छ ।
संक्रमितमध्ये नौ लाख ८७ हजार ६२ जनाको ज्यान गइसकेको छ । एकै दिन पाँच हजार सात सय ७८ जनाको मृत्यु भयो ।
दुई करोड ३९ लाख चार हजार छ सय ८५ संक्रमित सफल उपचारपछि निको भएर घर फर्किएका छन् । ७५ लाख दुई हजार नौ सय ४४ जना उपचाररत रहेकोमा ६३ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।
अमेरिकामा २४ घण्टाभित्रमा ४४ हजार पाँच सय ९९ नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या ७१ लाख ८४ हजार सात सय १५ पुगेको वाल्डो मिटरले जनाएको छ । कोरानाका कारण दुई लाख सात हजार पाँच सय १२ जनाको मृत्यु भइसकेको छ । एकै दिन नौ सय १६ जनाको ज्यान गयो ।
४४ लाख ३१ हजार ५४ जना उपचारपछि निको भएका छन् । २५ लाख ४६ हजार एक सय ४९ जना उपचाररत रहेकोमा १४ हजार ८९ जनाको अवस्था चिन्ताजनक छ ।
भारतमा एकै दिन ८५ हजार नौ सय १९ जना नयाँ संक्रमित थपिए । नयाँ थपिएकासहित हालसम्म संक्रमित संख्या ५८ लाख १६ हजार एक सय तीन पुगेको छ । संक्रमितमध्ये ९२ हजार तीन सय १७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्रमा एक हजार एक सय ४४ जनाले ज्यान गुमाए ।
४७ लाख ५२ हजार नौ सय ९१ जना उपचारपछि घर फर्किएका छन् । नौ लाख ७० हजार सात सय ९५ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब छ ।
ब्राजिलमा एकै दिन ३२ हजार एक सय २९ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ४६ लाख ५९ हजार नौ सय नौ पुगेको छ । एक लाख ३९ हजार आठ सय ८३ जना संक्रमितको मृत्यु भइसक्यो । वाल्डो मिटरका अनुसार पछिल्लो २४ घण्टामा आठ सय १८ जनाले ज्यान गुमाए ।
संक्रमितमध्ये ४० लाख २३ हजार सात सय ८९ जना उपचारपछि कोरोना जित्दै घर फर्किएका छन् । चार लाख ९६ हजार दुई सय ३७ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ को अवस्था गम्भीर छ । एजेन्सी