झापा । भारतमा थप ७३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७३ हजार १९६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६९ लाख ७७ हजार ८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ८५ हजार ५०५ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८४ हजार ५३ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७ हजार ४५० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९२९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
अमेरिकामा फेरि बढ्न थाल्यो संक्रमण
दुई महिनादेखि कोरोना संक्रमण दर कम हुँदै गएको अमेरिकामा संक्रमित संख्या फेरि बढ्न थालेको छ । अगस्ट १४ पछि शुक्रबार सर्वाधिक संक्रमण देखिएको अमेरिकामा शनिबार संक्रमित संख्या झन् बढेको छ ।
पछिल्लो २४ घण्टामा ५९ हजार ९७१ जनामा संक्रमण देखिएको अमेरिकामा संक्रमित संख्या ७८ लाख ९३ हजार ८९१ पुगेको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार संक्रमितमध्ये अहिलेसम्म ५० लाख ५९ हजार ४९ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका २६ लाख १६ हजार २०० जनामध्ये १४ हजार ६६७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ९०४ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १८ हजार ६४२ पुगेको छ । एजेन्सी