झापा । पछिल्लो २४ घण्टामा झापामा ५ जना कोरोना संक्रमित थपिएका छन् । गौरादह, दमक नगरपालिका र कमल गाउँपालिकामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार कमल गाउँपालिकामा एक जना पुरुषमा संक्रमित थपिएका छन् । ५८ वर्षीय पुरुष वडा नम्बर ६ का स्थानीय बासिन्दा हुन् ।

त्यस्तै, गौरादह नगरपालिकाका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । गौरादह १ का २७ वर्षीय पुरुषमा संक्रमण भएको स्वास्थ्य कार्यालय झापाले जनाएको हो ।

आज सबैभन्दा बढी दमक नगरपालिकामा ३ जना संक्रमित थपिएका छन् । २ महिला र १ पुरुष संक्रमित भएका हुन् ।

वडा नम्बर २ र ६ का संक्रमित व्यक्तिहरुको उमेर समूह २०, ३६ र २७ वर्ष रहेको छ । उनीहरु सबै स्थानीय हुन् । यो सँगै झापामा संक्रमितको संख्या ११ सय २६ पुगेको छ ।

आजसम्म झापामा २७ हजार ९५१ जनाको पीसीआर परीक्षण भएको छ । जसमा ९०६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

आजसम्म कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाइसकेका छन् भने २०८ जना संक्रिय संक्रमित छन् ।