झापा । अर्जुनधारा नगरपालिका वडा नम्बर ४ का एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी पुरुष हुन् ।

विराटनगरको न्यूरो हस्पिटलमा उपचारका लागि परिवारले लगेको अवस्थामा संक्रमण पुष्टि भएको बताइएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि केही दिनअघि विराटनगर लगिएको थियो ।

अर्जुनधारा नगर स्वास्थ्य शाखाका अनुसार उपचारका क्रममै हिजो स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो । उनको रिपोर्ट आज पोजेटिभ आएको हो । तर, स्वास्थ्य कार्यालय झापाकाे रिपाेर्टमा उल्लेख गरिएकाे छैन ।

उनी पेशाले शिक्षक हुन् । उनलाई अस्पतालमै संक्रमण भएको अनुमान गरिएको छ । अहिले न्यूरोमा उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।