विराटनगर । प्रदेश १ मा शनिबार ४८१ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी मोरङमा १९५ जनामा संक्रमण पुष्टि भएको छ ।
सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना कोरोना संक्रमित थपिएका हुन ।
पछिल्लो २४ घण्टाको अवधिमा पाँच जनाको मृत्यु भएको हो । झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको संख्या १२९ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार १८३ पुगेको छ ।
कहाँ कति थपिए ?
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५६ महिला र ६८ पुरुष रहेका छन् ।
मोरङको सुन्दरहरैचा, उर्लाबारी र बुढीगंगामा १३-१३, बेलबारी र जहदामा ९-९, लेटाङमा ८, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा १-१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको धरानमा १०९, इनरुवामा २९, इटहरीमा १५, रामधुनीमा ९, देवानगञ्ज र दुहवीमा २-२, बराहक्षेत्र र गढीमा १-१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको विर्तामोडमा २३, दमकमा १३, भद्रपुर र कनकाईमा ७–७, मेचीनगरमा ६, कमल गाउँपालिकमा ४, अर्जुनधारामा ३, शिवसताक्षीमा २, गौरादह र हल्दिबारीमा १-१ र स्थानीय तह नखुलेका ५, संखुवासभाको मकालुमा ८, खाँदबारीमा ३, चैनपुरमा २, सभापोखरी र स्थानीय तह नखुलेका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
इलामको इलाममा ६, चुलाचुलीमा ३, खोटाङको खोटेहाङ र साकेलामा १-१ र स्थानीय तह नखुलेका २, भोजपुरको षडानन्दमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा आज १ हजार ४५० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।