बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा ४८ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी भद्रपुर नगरपालिकामा १५ जना रहेका छन् । बिर्तामोडमा ११ जना थपिएका छन् ।

भद्रपुरमा ६ महिला, ९ पुरुष, बिर्तामोडमा ६ महिला ५ पुरुष, गौरादहमा ३ महिला ३ पुरुष, मेचीनगरमा ३ महिला ७ पुरुष थपिएका छन् । त्यस्तै, अर्जुनधारा, दमक, कमल र बुद्धशान्तिमा एक-एक पुरुष र झापा गाउँपालिकामा एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित सबै स्थानीय बासिन्दा हुन् भने बिर्तामोडका संक्रमितमध्ये ५ जना स्वास्थ्यकर्मी रहेका छन् । दमककी एक महिलाको कोरोनाबाट निधन पनि भइसकेको छ ।

थपिएकाहरु १९ महिला र २९ पुरुष हुन् । हालसम्म झापामा १४०७ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा ९८१ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।

त्यस्तै, १७ जनाको कोरोनाबाट निधन हुँदा ४०६ जना सक्रिय संक्रमित रहेका छन् । झापामा हालसम्म २८ हजार ८४५ जनाको पीसीआर स्वाब संकलन भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।