बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा ६४ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी दमक नगरपालिकामा २६ जना रहेका छन् ।

मंगलबार थपिएका संक्रमितमा ३४ महिला र ३० पुरुष छन् । सबैभन्दा बढी दमकका १२ महिला १४ पुरुष हुन् । उनीहरु वडा नम्बर १, २, ३, ४, ५, ७, ८ र ९ का हुन् । दमकपछि बिर्तामोडमा १७ जनामा संक्रमण पुष्टि भएको छ ।

बिर्तामोड २, ३, ५ र ६ नम्बर वडाका संक्रमितमध्ये ९ महिला ८ पुरुष रहेका छन् । उनीहरु सबै स्थानीय हुन् । उनीहरुको स्वाब भद्रपुरबाट संकलन भएको थियो । त्यस्तै, भद्रपुर नगरपालिकाका ९ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

भद्रपुर वडा नम्बर ५, ७, ८ र १० नम्बर वडाका उनीहरुमध्ये ६ महिला र ३ पुरुष हुन् । संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी रहेका छन् । उनीहरुको स्वब बिएन्डसी हस्पिटल र मेची अस्पताल भद्रपुरबाट संकलन गरिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

मेचीनगर नगरपालिकाका ४ जना महिलामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै, हल्दिबारीमा ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जना हल्दिबारी गाउँपालिकाका स्वास्थ्य प्रमुख पुष्कर निरौला छन् । उनले आज फेसबुकमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।

यस्तै, अर्जुनधारा, कमल र कनकाई नगरपालिकाका एक एक महिला, बुद्धशान्ति र बाह्रदशी गाउँपालिकामा एक एक जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।