बिर्तामोड । झापामा आज साँझ अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । मेची हस्पिटलमा ती व्यक्तिको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं ५ का ६० वर्षीय पुरुष रहेका छन् । उनको मेची हस्पिटल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको भद्रपुर नगरपालिकाका फोकल पर्सन मनोज भट्टराईले बताए ।
कात्तिक २ गते संक्रमण पुष्टि भएका ती संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गराइएको थियो । आजै बिर्तामोड ४ की ७६ वर्षीया बृद्धाको विराटनगरको विराट मेडिकल हस्पिटलमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।