झापा । अर्जुनधारा नगरपालिकाका एक जना अधिकृतसहित आठ जनालाई आज संक्रमण पुष्टि भएको छ । यसअघि २ जना स्वास्थ्यकर्मीसहित ४ जनाको रिपोर्ट आएको थियो ।
पछिल्लो रिपोर्टअनुसार आज बिहान आएको ४ जनाको रिपोर्टसहित नगरभित्र ८ जनामामा संक्रमण पुष्टि भएको हो । एक जना अर्जुनधारा नगरपालिकाका शाखा अधिकृत पनि छन् ।
नगर स्वास्थ्य शाखाका अनुसार आज संक्रमित हुनेमा २ महिला र ६ पुरुष छन् । उनीहरुको सबैको तीन दिनअघि स्वाब संकलन गरिएको थियो । जसमा एक जना ३ वर्षकी बालिका पनि संक्रमित भएकी छन् ।
थप संक्रमित भएकामध्ये अर्जुनधारा ५ का ५३ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष छन् । त्यस्तै, अर्जुनधारा ९ का ५० वर्षीय पुरुष, अर्जुनधारा ११ का २८ वर्षीय पुरुष, ३७ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, अर्जुनधारा २ की तीन वर्षीया बालिका र अर्जुनधारा ७ का ५३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितमध्ये नगरपालिकाका एक जना शाखा अधिकृतसँगै दुई जना स्वास्थ्यकर्मी, एक जना एम्बुलेन्स चालक छन् ।