विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका छन् । हालसम्म १७ हजार १५४ जना डिस्चार्ज भएका छन् ।
यसैगरी, प्रदेश १ मा आज ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४२, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा ८, तेह्रथुममा ५, इलाममा ४, पाँचथर र सोलुखुम्वुमा ३–३, संखुवासभा र धनकुटामा २-२, ओखलढुङ्गा र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ८१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३५ महिला र ४६ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा १५, उर्लाबारीमा ९, कटहरी र रंगेलीमा ५-५, लेटाङ, कानेपोखरी र सुनबर्षीमा ३-३, बेलबारी, बुढीगंगा, मिक्लाजुङ र ग्रामथानमा २-२, पथरीशनिश्चरे र धनपालथानमा १-१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको इटहरीमा ४९, धरानमा ३४, इनरुवामा ९, रामधुनीमा ६, हरिनगर, देवानगञ्ज, दुहवी र बर्जुमा २-२, गढी र बराहक्षेत्रमा १-१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको विर्तामोडमा १७, कचनकवलमा १४, दमकमा १२, गौरादहमा ६, शिवसताक्षी र कमल गाउँपालिकामा ३-३, मेचीनगरमा ४, अर्जुनधारा र भद्रपुरमा २-२, बुद्धशान्ति, बा¥हदशी र झापा गाउँपालिकामा १-१ जना रहेका छन् ।
उदयपुरको त्रियुगा र कटारीमा २-२, चौदण्डीगढी र बेलकामा १-१ र स्थानीय तह नखुलेका २, ते¥हथुमको म्याङलुङमा ३ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र फाकफोकथाममा १-१, पाँचथरको मिक्लाजुङमा ३, सोलुखुम्वुको सोलुदुधकुण्डमा ३, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १-१, धनकुटाको महालक्ष्मी र स्थानीय तह नखुलेका १-१, ओखलढुङ्गा र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ४३४ पुगेको छ । प्रदेश १ मा आज १ हजार ७०५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४२ महिला र २२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७७ हजार ३५४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।