विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६२२ र न्युरो अस्पताल विराटनगरबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७७८ पुगेको छ ।
यसैगरी, प्रदेश १ मा आज २३१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १०३, मोरङमा ८६, सुनसरीमा ३३, इलाममा ३, तेह्रथुममा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेका छन् ।
झापाको दमकमा ४६, कनकाईमा १८, झापा गाउँपालिकामा ११, विर्तामोडमा १०, भद्रपुरमा ७, मेचीनगरमा ४, हल्दिबारीमा २, बुद्धशान्ति, बाह्रदशी, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा १-१ जना थपिएका छन् ।
यस्तै, मोरंगको विराटनगरमा ६३, रतुवामाईमा ६, कटहरीमा ४, रंगेलीमा ३, उर्लाबारीमा २, ग्रामथान, बेलबारी, मिक्लाजुङ, सुन्दरहरैचामा १-१, र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको धरानमा २२, इटहरीमा ६, बराहक्षेत्र, इनरुवा र कोशी गाउँपालिकामा १-१, र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता इलामको चुलाचुलीमा २, इलाममा १, तेह्रथुमको म्याङलुङमा २, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ६६५ पुगेको छ ।
प्रदेश १ मा आज ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १०५ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७८ हजार ७९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।