त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल । फाइल तस्वीर ।

काठमाडौं । बेलायतमा कोराना स्वरुप फेरिएको भाइरस संक्रमण तीव्र भएसँगै नेपालले बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाएको छ । यसअघि भारत, हङकङ र स्पेनसहितका ४० भन्दा धेरै देशले बेलायतबाट हुने उडान प्रतिबन्ध गरिसकेका छन् ।

अध्यागमन विभागका अनुसार गत मंगलबारयताको ६ दिनमा मात्रै बेलायतबाट एक सय २ यात्रु नेपाल प्रवेश गरेको देखिन्छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार, बेलायतबाट कुनै पनि वायुसेवाले बुधबार राति ११ बजेर ५९ मिनेटपछि यात्रु ल्याउन पाउने छैन । त्यसैगरी बेलायतमा ट्रान्जिट बनाएर नेपाल आउन पनि पाइने छैन ।

तर, नेपालबाट कुनै पनि वायुसेवा चढेर बेलायत जान रोक लगाइको छैन । त्यस्तै बेलायतबाट हुन सक्ने मेडिकल लगायतका कार्गो उडानलाई पनि रोक लगाइएको छैन । प्राधिकरणले अर्को निर्णय नहुन्जेलसम्मका लागि बेलायतबाट हुने यात्रु उडान आगमनमा प्रतिवन्ध लगाएको हो ।

नेपाल–बेलायत सिधा उडान छैन नभएपनि उक्त मुलुकका लागि नेपालमा युरोपको टर्किस एयर, कतार एयर, एयर अरेबिया आबुधाबी लगायतबाट यात्रुहरु आउजाउ गर्छन् । प्राधिकरणले मंगलबार नेपालमा अन्तर्राष्ट्रिय उडान गर्नेमध्येका २७ वटा वायुसेवालाई पत्र लेखेर बेलायतबाट यात्रु ल्याउन नपाइने भन्दै प्रतिबन्ध गरिएको सूचना पठाएको छ । कान्त्पिुरबाट