मिस युनिभर्स नेपाल २०२० अंशिका शर्माले आफ्नै नामको गैरनाफामूलक संस्था अंशिका शिक्षा कल्याण प्रतिष्ठान स्थापना गरेकी छिन्। भर्चुअल पत्रकार सम्मेलनमार्फत उनले बालबालिकालाई गुणस्तरीय शिक्षामा सघाउ पु¥याउन आफूले मिस युनिभर्स जितेपछि प्राप्त गरेको १० लाख पुरस्कार रकम प्रतिष्ठानमा लगानी गरेको जनाइन्।

अंशिका शिक्षा कल्याण फाउण्डेशनको कोषबाट गृहनगर झापाका विभिन्न ४ विद्यालयबाट छनोट गरिएका १४ बालबालिकालाई विद्यालय शुल्क, पोसाक, पाठ्यसामग्री, पौष्टिक खाना, आवास, यात्रा, औषधिजन्य सामग्रीलगायत गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आवश्यक अन्य आधारभूत स्रोत र साधन सहायतास्वरुप प्रदान गरिने उनले बताइन्।

अंशिकाले गृहनगर झापाका विभिन्न ४ विद्यालय भ्रमणका क्रममा आर्थिक अभावका कारण विद्यालय छोड्ने अवस्थामा पुगेका बालबालिकालाई सहयोग गर्न लागेको जुम मिटिङमा बताइन्। नेपालका विपन्न्न वर्गका विद्यार्थीको शिक्षामा पहुँच सुनिश्चित गर्ने अभियान चलाउँदै अँएकी अंशिकाले यसअघि आफ्ना साथीहरुसँग मिलेर जुम्लाका दश विद्यँर्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएकी थिइन्।

मिस युनिभर्स २०२० को उपाधि जितेपछि आफ्नो उद्देश्य विस्तार गर्ने चाहनाअनुरुप उनले पुरस्कार रकम विपन्न विद्यार्थीलाई सहयोग गर्न कोषको रुपमा प्रयोग गर्ने निर्णय लिएको बताइन्।

अंशिकाका अनुसार कोषमा लगानी भएको रकमको मुद्दती बचतमा प्राप्त ब्याजदरबाट विद्यार्थीले सहयोग प्राप्त गर्नेछन्। अंशिकाले वकालत गर्दै आएको सबैका लागि गुणस्तरीय शिक्षा भन्ने अभियानको उद्देश्य अल्पसंख्यक, अनाथ र अशक्तता भएका बालबालिकाको उत्थान गर्ने रहेको बताइन्। ‘बालबालिकालाई शिक्षित बनाउनुहोस् र हेर्नुहोस्, संसार कसरी बदलिनेछ’, उनले भनिन् ।

प्रतिष्ठानले भविष्यमा शौचालय, स्वच्छ पिउने पानी र विद्यार्थीका लागि सीप प्रशिक्षणजस्ता पक्षमा प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।अंशिका आगामी मे १६ मा हुने मिस युनिभर्समा सहभागी हुन अमेरिकास्थित फ्लोरिडा जाँदै छिन्। उनलाई फस्ट रनर्सअप सुजिता बस्नेत, सेकेन्ड रनर्सअप निना कान्त मण्डल, थर्ड रनर्सअप दिक्ता थापा, फोर्थ रनर्सअप न्यान्सी खड्कालगायतले शुभकामना दिएका थिए।

जुम मिटिङ मिस युनिभर्सका लागि नेपालकी डाइरेक्टर एवं मिस युनिभर्स नेपाल २०१७ नगमा श्रेष्ठ तथा सन् २०१२ कि मिस इन्टरनेसनल शुभेक्षा खड्काले सञ्चालन गरेकी थिइन्। ब्रेभ बोल्ड ब्युटिफुल प्रालिद्वारा आयोजित चौथो संस्करणको मिस युनिभर्स गत पुस १५ गते राजधानीमा सम्पन्न भएको थियो।