एजेन्सी । इटलीमा केबलकार दुर्घटना हुँदा एक बालकसहित १४ जनाको मृत्यु भएको छ ।

इटलीको एक रिसोर्टबाट उत्तरी क्षेत्रमा रहेको म्यागियोर पहाड तर्फ लागेको केवलकार दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

१६ जना यात्रु सवार केबलकार पहाडको बिगत क्षेत्रमा खसेको बताइएको छ । मृत्यु हुनेमा पाँच जना इजरायली पर्यटकहरु रहेका छन् भने बाँकी इटलीका नागरिकहरु रहेका छन् ।

घटनामा उद्धार गरिएका एक बालकसहित अर्का एकजना भने अस्पताल भर्ना गरिएको छ । जसमा बालकको अवस्था गम्भीर रहेको बुझिएको छ ।

यसैबीच इटलीका प्रधानमन्त्री मारियो ड्राघीले घटनाप्रति दुख ब्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको छ ।