अमेरिका । अमेरिकाको न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका २०२१ को विजेता गरिमा ज्ञवाली बन्न सफल भएकी छिन् । न्यूयोर्ककी ज्ञवालीले १८ जना प्रतियोगीलाई हराउँदै मिस नेपाल नर्थ अमेरिका २०२१ को ताज लगाएकी हुन् ।
यसैगरी फर्स्ट रनरअप याङ्गछेन लामा तथा तथा सेकेन्ड रनरअप सुभेच्छा निरौला बने । यसको साथै मिस ट्यालेन्टमा रोशिका गजमेर, मिस कम्युनिटी आउटरिचमा एलिना राई, मिस पपुलरमा नग्मा गुरुङ, मिस स्माइलमा निमिका थापा, मिस वेस्ट ड्रेसमा सेलिषा नेपाल, मिस पर्सोनालिटीमा गरिमा ज्ञवाली, मिस डिसिप्लेनमा सुप्रिता फुयाल, मिस क्याटवाकमा दिना केसी, मिस राइजिगङ स्टारमा अलिशा गुरुङ, मिस स्किनमा चाँदनी लामा, मिस बेस्ट हेयरमा मुना नेपाल र उत्कृष्ट हेरिटेजमा जेनी रावत लगायतले टाइटाल जिते ।
अगस्त १ देखि अगस्त ६ सम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त ७ का शनिबारका अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको छ ।
१८ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्य तथा क्यानडा समेतबाट सहभागिता भएका थिए । मिस नेपाल नर्थ अमेरिका २०२१ को अन्तिम प्रतियोगिता न्यूयोर्कको वुडसाइड स्थित तिब्बती सामुदायिक केन्द्रमा आयोजना गरिएको थियो ।
पहिलो चरणमा १८ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुति पश्चात् दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जनामध्ये अन्तिम चरणमा ५ जना पुगेकामध्ये मिस नेपाल नर्थ अमेरिका २०२१ का बिजेता, प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।
प्रतियोगिताको लागि पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला खतिवडा, सदीक्षा श्रेष्ठ, मनिता देवकोटा, मलिना जोशी तथा साहना वज्राचार्यले सहभागिता जनाएका थिए ।
सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडा अफिसियल मेन्टोर तथा मुख्य निर्णायक रहेकी थिइन्। सदिक्षा श्रेष्ठ कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण) तथा सन् २०१८ कि मिस नेपाली युनिभर्स मनिता देवकोटा प्रशिक्षकको रुपमा भूमिका निर्वाह गरेकी थिईन् । राताेपाटीबाट