एजेन्सी (मुम्बई) । लागूऔषध मुद्दामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनबारे अभिनेता ऋतिक रोशनले सहानुभूतिपूर्ण पत्र लेख्दै सबै कुरालाई अनुभवको रुपमा लिन सुझाव दिएका छन् ।

 

इन्स्टाग्राम मार्फत् उनले आर्यन खानको नाममा एक भावूक पत्र लेख्दै यस जटिल अवस्थालाई अनुभवको रुपमा ग्रहण गर्न सुझाव दिएका हुन् । उनले भनेका छन् ुमेरो प्यारो आर्यन । जिन्दगीमा केही पनि निश्चित छैन । यही नै यसको सच्चाइ हो । जीवनले कहिलेकाहीँ तिम्रोसामु सबैभन्दा मुस्किल बल फाल्नेछ । तर, भगवान दयालु छन् । उनी सबैभन्दा बलियो मान्छेलाई नै सबैभन्दा कडा बल खेल्न दिन्छन् । मलाई थाहा छ तिमीले यो दबाबलाई महसुश गर्दै अनुभवको रुपमा ग्रहण गर्नेछौ । तिमीले महसुश गर्नुपर्छु ऋतिकले भनेका छन् ।

 

साथै, ऋतिकले यस्तो अवस्थामा सावधान रहन पनि आर्यनलाई सुझाव दिएका छन् । ऋतिक रोशन र शाहरुखबीच पारिवारिक रुपमा पनि सुमधुर सम्बन्ध रहेको बताइन्छ । यसअघि ऋतिक रोशनकी पूर्वपत्नीले समेत आर्यनबारे लेखेकी थिइन् । आर्यनको पक्राउबारे बलिउडका अरु धेरै कलाकारले प्रतिक्रिया दिएका छन् । तीमध्ये केहीले आर्यन निर्दोष रहेकोसमेत दावी गरेका छन् ।

 

शाहरुख खानका छोरा लागूऔषध मुद्दामा पक्राउ
२३ वर्षीय आर्यन खानसहित ८ जनालाई मुम्बई प्रहरीले गत सोमबार क्रूज सीपबाट पक्राउ गरेको थियो ।

 

उनीहरुलाई प्रहरीको लागुऔषध नियन्त्रण शाखाको टोलीले लागूऔषध मुद्दामा पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट लागूऔषध बरामद गरिएको छ ।