बिर्तामोड । प्रदेश १ को प्रतिनिधित्व गर्दै नेपाल ब्लग च्यालेन्ज २०२१ को लागि झापा बिर्तामोडका विश्वास राई टप ५ मा पर्न सफल भएका छन् ।

 

बिर्तामोड ५ का २० वर्षीय विश्वासले आफूलाई टप ११ बाट टप ५ मा पुऱ्याउन सहयोग गरेको भन्दै शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले अक्टुवर १२ तारिक हुने टप ३ का लागि छनौटमा पनि भोट गरेर आफूलाई अघि बढाउन आग्रह गरेका छन् ।

 

उनलाई भोट गर्न इसेवाबाट नेपाल ब्लग च्यालेन्जमा गई भोट गर्न सकिने छ । टप ५ मा प्रज्वल थापा मगर, रोशन महर्जन, विश्वास राई, आशुतोष बाराही, सुजन गौतम रहेका छन् । अक्टुवर १७ मा विजेता घोषित गरिने बताइएको छ ।

 

नेपालका हिमनदी र हिम श्रङ्खलाबारे विश्वव्यापी प्रचार गर्ने उद्देश्यका साथ विश्वका चर्चित भिडियो ब्लगरहरुसँग प्रतियोगिताका विजेताले सगरमाथा आधार शिविरसम्मको पदयात्रामा सहभागी हुने अवसर पाउँने छन् भने प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ ।