झापा । नेपाल ब्लग च्यालेन्ज २०२१ को टप ३ मा झापा बिर्तामोड ५ का विश्वास राई परेका छन् । उनी फाइनल प्रतिस्पर्धी पनि बनेका छन् ।

प्रतियोगिताको फाइनल आज (शनिबार) मध्यरातमा हुँदैछ । २० वर्षीय राईले प्रतियोगिताको फाइनलसम्म ल्याउनको लागि भोट गर्नुहुने सबैप्रति आभार प्रकट गरेका छन् । उनले पहिले गरिएको भोट गणना नहुने हुँदा उपाधि जित्नका लागि फेरि नयाँ भोट गर्नुपर्ने भएको भन्दै फेरि भोटको आह्वान गरेका छन् ।

 

उनलाई भोट गर्न इ सेवाबाट नेपाल ब्लग च्यालेन्जमा गइ भोट गर्न सकिनेछ । टप ३ मा पर्न सफल प्रतियोगीहरुमा प्रज्ज्वल थापा मगर, विश्वास राई र आशुतोष बाराही रहेका छन् ।

 

नेपालका हिमनदी र हिम श्रङ्खलाबारे विश्वव्यापी प्रचार गर्ने उद्देश्यका साथ विश्वका चर्चित भिडियो ब्लगरहरुसँग प्रतियोगिताको विजेताले सगरमाथा आधार शिविरसम्मको पदयात्रामा सहभागी हुने अवसर पाउनेछन् ।

 

पार्टी नेपालद्वारा आयोजित प्रतियोगिताको विजेताले नगद १० लाख पनि पाउनेछ ।