झापा । वीरता जेसीसद्वारा आयोजित दोस्रो संस्करणको मिस झापाको उपाधि बिर्तामोडकी सेविका श्रेष्ठले जितेकी छन् ।
१३ जना प्रतिस्पर्धीलाई उछिन्दै मिस झापाको उपाधि जित्ने सेविकाले स्कुटर पाएकी छिन् । त्यस्तै फस्ट रनरअपमा बुद्धशान्तिकी सबिना बस्नेत र सेकेन्ड रनरअपमा मेचीनगरकी रुक्सुम खत्री भएकी छन् ।
त्यस्तै अन्य उपाधितर्फ मिस एक्टिभमा अर्चना गिरी, मिस बेस्ट फिगरमा निशा राई, द मिस बेस्ट पर्फमरमा रुक्सुम खत्री, द मिस ब्यूटीफूल हेयरमा सपना विश्वकर्मा, मिस डिसिप्लिनमा पूर्णिमा लिङदेन लिम्बू घोषित भइन् ।
यस्तै, मिस फोटोजेनिकमा सबिना बस्नेत, मिस र्याम्पवकमा सबिना श्रेष्ठ, मिस व्यूटीफूल स्माईलमा मुम्ताज शेख, मिस भाइवेसियममा प्रिया नेउपाने, मिस गल्यामरस लुक्समा समारिका घिमिरे घोषित भइन् ।
यस्तै, मिस ट्यालेन्टमा रुक्सुम खत्री, मिस पंचुयलमा पुजा ढुंगाना, मिस स्पेक्टीकुलर आइजमा प्रज्ञा आचार्य, मिस ग्लोइङ्ग स्कीनमा सेबिका श्रेष्ठ र मिस फ्रेन्डलीमा कुमकुम चौधरी घोषित भइन् ।
