पाँचथर । शुक्रबार पाँचथरको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । शुक्रबार अपराहानबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।

 

जिल्लाको तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चाररातेलगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् ।

 

सदरमुकाम नजिक रहेको पौवा भञ्जाङ, साघुटार, सुकेपोखरी लगायतका स्थानमा पनि हिमपात भएको छ । जिल्लाको तल्लो भेगतिर नै बाक्लो हिमपात भएपछि स्थानीयहरु हिउँमा रमाइलो गर्न आउनेको संख्या बढेको छ । त्यस्तै, छिमेकी जिल्लाका हिउँ पारखीहरु पनि आइरहेका छन् ।

 

हेरौँ, फोटो फिचर…