शनिश्चरे । नेकपा एमाले अर्जुनधाराको घरदैलो कार्यक्रम उत्साहका साथ चलिरहेको छ । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा विजयी हुने लक्ष्य लिएर एमालेले अर्जुनधारा नगरपालिकामा घरदैलो कार्यक्रम गरिरहेको छ ।
एमालेले आज अर्जुनधारा नगरपालिकाको ८ र ५ नम्बर वडामा घरदैलो सम्पन्न गरेको छ । घरदैलोमा मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ र उपमेयर पदकी उम्मेद्वार खड्गमाया पराजुली, नेकपा एमालेका नगर इन्चार्ज दिपेन्द्र लम्साल, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना लगायतका नेताहरुको सहभागिता थियो ।
८ नम्बर वडामा भएको घरदैलोमा एमालेबाट वडा अध्यक्ष पदका उम्मेद्वार कुमारप्रसाद उप्रेतीसहित सदस्य पदका उम्मेद्वारहरु ऋषिप्रसाद घिमिरे, मनोजकुमार रैका थापा मगर, मन्जु टुडु र सुजता रसाइली तथा मेयर, उपमेयरका उम्मेद्वारसंग घरदैलोमा सहभागी थिए ।
त्यस्तै ५ नम्बर वडामा भएको घरदैलो कार्यक्रममा मेयर, उपमेयरको उम्मेद्वारसहित वडाअध्यक्ष पदका उम्मेद्वार डम्बरकुमार घिमिरे र सदस्य पदका उम्मेद्वारहरु लक्ष्मीप्रसाद खनाल, रोहितकुमार चौधरी, चन्द्रकुमारी तामाङ र रिता नेपाली सहभागी थिए ।
यसअघिको निर्वाचनमा एमालेले अर्जुनधारा नगरपालिकामा मेयर उपमेयरसहित बहुमत प्राप्त गरेको थियो । यसपटक पनि मेयर र उपमेयरसहित ११ वटै वडामा वडाध्यक्ष र वडा सदस्यसहित ५७ जनाको उम्मेद्वारी दिएको छ ।