बिर्तामोड । सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

 

चुनावलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो । योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छै ।

 

मूल्य बढाएपछि पनि नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १४.३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ घाटा रहेको जनाएको छ ।