काठमाडौँ । सरकारले निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् ।

 

अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।

 

निर्णयअनुसार निजामति कर्मचारीको तलव वृद्धिपछि सुरु स्केल यसप्रकार छ, जसमा ग्रेड भने समावेश गरिएको छैन। कर्मचारीको पदअनुसार प्रतिवर्ष एक ग्रेडका दरले अधिकतम ८ ग्रेडसम्म सुविधा पाउने व्यवस्था छ ।