बिर्तामोड । सशस्त्र प्रहरी बल नेपाल शनिश्चरे बेस क्याम्पको टोलीले राजश्व छली गरेको लाखौं मूल्यको अवैध सामान बिर्तामोडबाट बरामद गरेको छ । बरामद गरेको सामानको बजार मूल्य कम्तिमा ३० लाख रुपैयाँ रहेको छ ।

 

बुधबार बिहान बिर्तामोड १ स्थित पश्चिम बस स्टेण्डमा सशस्त्र प्रहरी शनिश्चरेबाट खटिएको मोबाईल गस्ती टोलीले बिभिन्न सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा अवैध लत्ताकपडा बरामद गरेको हो ।

 

२९ लाख ९३ हजार १ सय रुपैयाँ बराबरको बेवारिसे अवस्थामा रहेका १८ पोका लत्ताकपडा बरामद गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।