बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिले आजदेखि कार्यभार ग्रहण गरेको छ । बिर्तामोडमा आयोजित समारोहमा समितिको पद हस्तान्तरण गरिएको हो ।

 

प्रदेश सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्य तथा संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको छ ।

 

संस्थाको चारवर्षे कार्यकालका लागि एक महिनाअघि सहाराको नेतृत्व चयन भएको थियो । सर्वसम्मतको प्रयासमा नेतृत्व चयन लम्विने भएपछि संस्थाले आकांक्षीमध्येबाट अध्यक्ष छानेर सञ्चालक समितिको प्रारुप तयार पारेको थियो ।

 

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले संस्थाको वित्तीय प्रगतिका विषयमा प्रकाश पार्दै चलिरहेका कार्यक्रमबारे अवगत गराएका थिए ।

 

दुई वर्षको अन्तरालमा संस्थाले नयाँ नेतृत्व पाएको कार्यकारी प्रमुख गिरीले बताए । आर्थिक संकटको विषम परिस्थितिमा पनि संस्थासँग १२ प्रतिशत अर्थात एक अर्ब २५ करोड तरलता रहेको कार्यकारी प्रमुख गिरीले जानकारी दिए । सहाराको १३ अर्ब २२ करोड कर्जा लगानी छ ।

 

सहाराको अध्यक्षमा हरि राजवंशी छानिएका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद निरौला छन् । सहाराको महिला उपाध्यक्षमा पवित्रा लिम्बु, प्रथम उपाध्यक्षमा छविलाल खतिवडा, द्धितीय उपाध्यक्षमा ज्ञानुनाथ मैनाली, कोषाध्यक्षमा डम्वरबहादुर देउजा र सह–कोषाध्यक्षमा नेत्रबहादुर नेपाल चयन भएका छन् ।

 

सदस्यमा शंकरप्रसाद रिजाल, पार्वता गिरी, बिन्दु श्रेष्ठ, भीमबहादुर खवास, भोला धिताल, लक्ष्मीप्रसाद आचार्य, नर्वदा संग्रौला र गुहेश्वरी कार्की छन् । सहारामा लेखा सुपरीवेक्षण समितिको संयोजकमा उपेन्द्रप्रसाद ओली, सदस्यमा पर्शुराम कठेत र शंकर सुवेदी छन् ।