विराटनगर । सुनसरी देवानगन्ज गाउँपालिका वडा नम्बर ७ पक्की टोलबाट भन्सार छलेएर ल्याइएको ३० लाखबराबरको गाडीसहित लत्ताकपडा प्रहरीले बरामद गरेको छ ।

 

शुक्रबार बिहान २ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले को १ ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडा अबस्थामा फेला पारेको थियो । प्रहरीलाई देख्न बितिक्कै चालक फरार रहेकोले खोजतलास भइरहेको छ ।

 

बरामद भएको लत्ताकपडा र गाडी कानुनी प्रक्रिया पूरा गरी आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा पठाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।