झापा । आउँदो भदौमा नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । आज भएको समूह विभाजनअनुसार नेपाल रहेको समूह बीमा श्रीलंका र भुटान रहेका छन् ।

 

समूह ए मा भने भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । नेपालले महिला साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानसँगका सबै खेल जितेको छ । प्रतियोगिता आउँदो भदौको २१ गतेदेखि असोज ३ गतेसम्म काठमाण्डौको दशरथ रंगशालामा हुँदैछ ।

 

प्रतियोगिताका लागि नेपालले ५८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ । एन्फाले महिला टोलीको प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ ।