झापा । पूर्वी नाका काँकरभिट्टाबाट भन्सार छलेर भित्रिएको भारतीय कम्पनीबाट उत्पादित दूध पाउडर प्रहरीले बरामद गरेको छ । प्रहरीले आज दिउँसो साडे ११ बजे १३४ केजी दूध पाउडर बरामद गरेको जनाएको हाे ।

 

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ८ स्थित प्रनिक प्रेट्रोल पम्प नजिकबाट भन्सार छली अवैधरुपमा नेपाल भित्र्याइएकाे १३४ केजी दूध पाउडर बरामद गरेको हो । प्रहरीका अनुसार उक्त दूध पाउडरको बजारमूल्य ८० हजार रहेको छ ।

 

बरामद उक्त दूध पाउडर आवश्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्याल झापाका प्रवक्ता तथा डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।