मोरङ । विराटनगर महानगरपालिका १२ स्थित रोडशेष चोकबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवैध सामग्री बरामद गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बीआर ७ के १७२४ नम्वरको ट्रयाक्टरमा करिव ३७ लाख मूल्यबराबरको विभिन्न प्रकारका मोटर पार्टसहरु भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा बरामद गरेको हो ।

 

प्रहरीले बरामद गरेको अवैध सामग्री तथा ट्रयाक्टर र चालक भारत अररियाका तलुवा मुर्मुसहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको र अन्य अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।