बिर्तामोड । झापाको बिर्तामोड २ स्थित बेलडाँगीमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको ज्यान गएको छ । सोही मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् । आज साढे ४ बजे दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

 

चारपाने-राजगढ सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा घाइते दुवै चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । १६०४ का चालक बाह्रदशी ६ का ४३ वर्षीय भोलाराज भुजेल र ५५८० का चालक बाह्रदशी २ का २५ वर्षीय अनिस साउदेनको मृत्यु भएको झापा ट्राफिकले जनाएको छ ।

 

 

भुजेलको श्रीमती चन्द्रकला र छोरी प्रशन्ना गम्भीर घाइते भएका छन् । उनीहरुको खुट्टा भाँचिएको छ । उनीहरुको उपचार भइरहेको प्रहरीको भनाइ छ ।