झापा । गौरादह नगरपालिका वडा न. ८ स्थित बैराती स्कुल अगाडि एक व्यक्तिले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् ।

 

गौरादह ८ बस्ने बिरन साहले आफैँले गोली हानी आत्महत्या गरेका हुन् । उनले सुरुमा उनका भतिजा हेमराज शाहलाई गोली हानेर र आफुसाग भएको पेस्तोलले आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेको बताइएको छ । घटना स्थलभन्दा ५० मिटर उत्तरमा रहेको लाल गेरिया खोला किनारमा उनी मृत भटिएको प्रहरीले जनाएको छ ।

 

उनको साथबाट ११ राउण्ट गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणी पोखरेलले जानकारी दिएका छन् ।

 

गोली लागेर गम्भीर घाइते १४ वर्षीय बालकलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ। आत्महत्या गरेका बिरन साह पूर्व सशस्त्र प्रहरी रहेको जिल्ला प्रहरीले जनाएको छ ।

 

घटनाको प्रारम्भिक विवरणअनुसार आर्थिक लेनदेनका कारण घटना भएको जनाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।