मोरङ । पथरीशनिश्चरे ७ का १२ वर्षीय खुश थापालाई ‘बोनम्यारो ‘ (हड्डीमा सेतो रगतको कमी) भएकाले उनका बुबा तिलकबहादुर थापाले थप उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन्।
शरीरभित्रको हड्डीमा सेतो रक्तकोषिकाले रगत उत्पादन नगरेको भन्दै डाक्टरले “बोनम्यारो” प्रत्यारोपण गर्न ठूलो रकम लाग्ने भनेपछि उनका बुबा तिलकले आर्थिक सहयोगको याचना गरेका हुन् ।
स्थानीय चन्द्र किरातेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा गत २ महिना अघिदेखि मासिक ३ हजार रुपैयाँ तिर्दै चमेना गृह संचालन गरी आएका थापाले आफ्नो १२ वर्षे छोराको थप उपचारका लागि १५ लाखदेखि २० लाख रुपैयाँ खर्च लाग्ने डाक्टरले सल्लाह दिएको बताएका छन्।
सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत छोरा खुश थापाको थप उपचारका लागि आर्थिक सहयोग गरिदिन हुन पनि सम्पूर्ण देश विदेशमा रहेका नेपालीलाई उनले अनुरोध समेत गरेका छन् । उनले सहयोगदाताहरुलाई आफ्नो फोन नं ९८२८९३८१९२ समेत दिएका छन्।