झापा । भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको अवैध सामान नेपाल प्रहरीले बरामद गरेको छ । आज बिहान अन्दाजी ८ः३० बजे कपडा र मोटर पार्टस् प्रहरीले बरामद गरेको हो ।

 

इलाका प्रहरी कार्यालय काँकरभिट्टाकाबाट प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ८ खडिया बस्तीस्थित सडक छेउमा रहेको नरबहादुर कुँवरको खाली गाई गोठमा अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा छाडिराखेको १९ पोका कपडा र २ पोका गाडीको पार्टस बरामद गरेको हो ।

 

प्रहरीले अन्दाजी मूल्य २० लाखबराबरको सामान बरामद गरी आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (प्रहरी प्रवक्ता) वसन्त पाठकले जानकारी दिएका छन् ।