झापा । भारी मात्रामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापामा दुईजना पक्राउ परेका छन् । उनीहरु ब्राउन सुगरको कारोबारी भएको बुझिएको छ ।

 

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका वडा नम्बर १५ का २१ वर्षीय सन्देश राई र भद्रपुर नगरपालिका वडा नम्बर ९ का २९ वर्षीय देवराज दंगाल रहेका छन् ।

 

मंगलबार दिउँसो ३ बजे भद्रपुर नगरपालिका वडा नम्बर ९ मा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले राई र दंगाललाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित ५० ग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं डीएसपी बसन्त पाठकले बताए ।