धनकुटा । जिल्ला यातायत व्यावस्था कार्यलय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेपाल कम्यूनिष्ट पार्टी बहुमतका कार्यकर्ताले मोसो दलेका छन् ।

 

लुइटेलले सेवाग्राहीसँग घुष लिने गरेको भन्दै बुधबार कार्यलयमै मोसो दलेको कम्यूनिष्ट पार्टी बहुमतले कार्यलय परिषरमा फालिएको पत्रमा जनाइएको प्रहरीको भनाइ छ ।

 

कम्यूनिष्ट पार्टी बहुमतका संयोजक मोहन घलेले आफ्ना २ जना मान्छेलाई ट्रायलमा पास गराई दिन भनेको र फेल भएपछि प्रमुखलाई मोसो दलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

मोसो दल्ने कम्यूनिष्ट पाटी बहुमतका कार्यकर्ताको खोजी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिए ।