झापा । झापाको कन्काई नगरपालिका(३ बाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । उनी ब्राउनसुगरको कारोबारी भएको बताइएको छ ।

 

बुधबार राति विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ घर भई कन्काई नगरपालिका ३ मा डेरा गरि बस्दै आएका सुमन चौधरीकी श्रीमती मेनुका लकान्द्री पक्राउ परेकी हुन् ।

 

सुमनको कोठामा खानतलासी गर्दा २४ ग्राम ३६ मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान, नगद नेपाली रुपैया २२ हजार ५०, भारतीय रुपैया ३ हजार २ सय र मे. १०प ५७१४ नम्वरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

 

उक्त सामान बरामद भएसँगै घरमा रहेकी चौधरीको श्रीमती लकान्द्रीलाई प्रहरीले पक्राउ गरेको हो भने चौधरीको खोज तलास भइरहेको तथा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।